Monday, 4 February 2019

शेयर बजारमा ८ दशमलव ८५ अंकको गिरावट



                      आज सोमबार शेयर बजारमा नेप्से घटेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि केहि गिरावट आएको  ।
              

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ८५ अंकले घटेर १ हजार १ सय ४४ दशमलव २७ को बिन्दुमा कारोबार बन्द भएको छ भने सेन्सेटिभ परिसूचक पनि १ दशमलव ८१ अंकले घटेको छ । आइतबार ४१ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको बजारमा आज सोमबार १ सय ६२ कम्पनीको ३६ करोड ४३ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा बजार ० दशमलव ७७ प्रतिशतले घटेको हो 


कुल ११ वटा शेयर कारोबार भएकोमा होटेल बाहेक बाँकी सबै सुचक ऋणात्मक देखिएका छन् । जीवन बिमा समुहमा सबैभन्दा धेरै ६४.९८ अंकले घटेको बजारमा वाणिज्य बैंकको ६.१९ अंकले घटेको छ भने होटेल समुहको परिसुचक सकारात्मक देखिएको छ ।






 आज बजारमा सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको २ 
  करोड ७१ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।  जसको सेयर मूल्य प्रतिकित्ता २८८ रुपैयाँ रहेको छ।
 त्यस्तै, अपर तामाकोशी र प्रभु बैंक प्रोमोटर शेयरको   दुई करोड भन्दा माथिको शेयर बिक्री भएको छ  त्यसैगरि नागरिक लगानी कोष, एनआईसी एसिया बैंकको एक करोड भन्दा माथिको कारोबार भएको छ 
                  






       
  
यसैगरि यस दिन सर्वाधिक कमाउनेमा सेन्ट्रल फाईनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज ३ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ। बरुण हाईड्रोपवरका सेयरधनीले दुई प्रतिशत भन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, आरएसडीसी लघुवित्त, सिदार्थ इक्विटी लगायतका सेयरधनीले कमाएका छन् ।





सबैभन्दा धेरै आखु खोला हाईड्रोपवरका शेयरधनीले  दशमलव ७०
प्रतिशत भन्दा बढीले गुमाएका छन्।
 यस्तै खानी खोला हाईड्रोपवर, कालिका लघुवित्त,                    लक्ष्मी  लघुवित्त लगायतका सेयरधनीले गुमाएका छन् ।                                                    


Thursday, 31 January 2019

साताको अन्तिम दिन सामान्य अंकले बढेर बन्द नेप्से, २७ करोडमाथिको कारोबार




आज साताको अन्तिम दिन बिहीबार सेयर बजारमा नेप्से बढेको छ । नेप्से सूचकसँगै कारोबार रकममा सुधार देखिएको
              

नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव ०४ अंकले बढेर १ हजार १ सय ६१ दशमलव ६३ को बिन्दुमा कारोबार बन्द भएको छ भने सेन्सेटिभ परिसूचक बढेको छ । बुधबार १९ करोड २० लाख भन्दा बढीको कारोबार भएको बजारमा बिहीबार १ सय ६८ कम्पनीको २७ करोड ३३ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 



पाँच सुचक सकारात्मक देखिएको बजारमा ६ सुचक ऋणात्मक भएका छन् । उत्पादनमूलक समुहमा सबैभन्दा धेरै १८.०२ अंकको सुधार देखिएको बजारमा वाणिज्य बैंकको १.१३, होटल १.९, विकास बैंक ५.२७, माइक्रोफाइनान्स ०.५, र अन्य १.२५ अंकले उकालो लागेका छन् भने अरु सबै समुहको परिसुचकमा गिरावट आएको छ ।





 आज बजारमा नागरिक लगानी कोषको ३ करोड ९६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २७६४ रुपैयाँ रहेको छ । त्यस्तै, सिटिजन्स बैंकको एक करोड ७३ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँले घटेर प्रतिकित्ता २०९ रुपैयाँमा झरेको छ
                  

यसैगरि यस दिन सर्वाधिक कमाउनेमा चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज ८ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ। पुर्णिमा विकास बैंकका सेयरधनीले सात प्रतिशत भन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, सामुदायिक लघुवित्त, उन्नती माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका छन् ।



सबैभन्दा धेरै सिटि एक्प्रेसका शेयरधनीले ९ दशमलव ७५ प्रतिशत भन्दा बढीले गुमाएका छन् । यस्तै सानिमा इक्विटी  फण्ड, मिर्मिरे लघुवित्त, नयाँ नेपाल लघुवित्त, ओरेन्टल होटलमाइक्रोफाइनान्सको लगायतका सेयरधनीले गुमाएका छन् ।