आज साताको अन्तिम दिन बिहीबार
सेयर बजारमा नेप्से बढेको छ । नेप्से सूचकसँगै कारोबार रकममा सुधार
देखिएको छ ।
नेपाल
स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव ०४ अंकले बढेर १ हजार १ सय ६१ दशमलव ६३ को
बिन्दुमा कारोबार बन्द भएको छ भने
सेन्सेटिभ परिसूचक बढेको छ । बुधबार १९ करोड २० लाख भन्दा बढीको कारोबार भएको
बजारमा बिहीबार १ सय ६८ कम्पनीको २७ करोड ३३ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ
।
पाँच सुचक सकारात्मक देखिएको बजारमा ६ सुचक ऋणात्मक भएका छन् । उत्पादनमूलक समुहमा सबैभन्दा धेरै १८.०२ अंकको सुधार देखिएको बजारमा वाणिज्य बैंकको १.१३, होटल १.९, विकास बैंक ५.२७, माइक्रोफाइनान्स ०.५, र अन्य १.२५ अंकले उकालो लागेका छन् भने अरु सबै समुहको परिसुचकमा गिरावट आएको छ ।
आज बजारमा नागरिक लगानी कोषको ३ करोड ९६ लाख रुपैयाँ बढीको सेयर
कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २७६४ रुपैयाँ रहेको छ
। त्यस्तै, सिटिजन्स बैंकको एक करोड ७३ लाख रुपैयाँ
बराबरको सेयर बिक्री भएको छ । कम्पनीको सेयर मूल्य अघिल्लो दिनको
तुलनामा १ रुपैयाँले घटेर प्रतिकित्ता २०९ रुपैयाँमा झरेको छ ।
यसैगरि यस दिन सर्वाधिक कमाउनेमा चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज ८ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ। पुर्णिमा विकास बैंकका सेयरधनीले सात प्रतिशत भन्दा बढिका
दरले कमाएका छन् । यसबाहेक, सामुदायिक
लघुवित्त, उन्नती
माइक्रोफाइनान्स, सपोर्ट
माइक्रोफाइनान्स, आरम्भ
माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका छन् ।






No comments:
Post a Comment